पेट्रोलको मूल्य बढेको बढ्यै : १५ दिनमा २ अर्ब ५० करोड घाटामा निगम

पेट्रोलको मूल्य प्रतिलिटर १५० र डिजेलको मूल्य १३३ रुपैयाँ पुर्‍याएको निगमले अझै मासिक साढे २ अर्ब घाटा हुने बताएको छ ।

निगमले हिजो राति १२ बजेदेखि सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यससँगै निगमलाई प्रतिलिटर पेट्रोलमा १६.२८ रुपैयाँ घाटा हुने निगमको भनाइ छ ।

बिज्ञापन

यस्तै डिजेलमा प्रतिलिटर ११.७८ रुपैयाँ घाटा रहेको छ ।
यसबाहेक मट्टीतेल र हवाई इन्धन (आन्तरिक र बाह्य)तर्फको बिक्रीमा भने निगम नाफामा रहेको छ ।रुसले छिमेकी मुलुक युक्रेनमा सैन्य हमला सुरु गरेसँगै विश्वव्यापी रूपमा पेट्रोलियम पदार्थको मूल्य उकालो लाग्दै आएको छ ।

आज विश्व बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ११७ अमेरिकी डलर पुगेको छ । यससँगै नेपालमा आगामी दिनमा पेट्रोल र डिजेलको मूल्य थप बढ्ने देखिन्छ ।