कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडाैं । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली निस्क्रिय बनेको छ । आइतबार साँझसम्म याे प्रणालीकाे सामान्य प्रभाव रहे पनि सोमबारदेखि मुलुकमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । 

बिहान पहाडी भूभागमा आंशिक बदली रहे पनि अन्य भूभागमा मौसम सफा रहेको छ । दिउँसो पहाडी भूभागमा आंशिक बदली लगायत अन्य भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएको छ । प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

बिज्ञापन

मंगलबार पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना आँकलन गरिएको छ ।