
सिरहा – सिरहाको लहानमा के.एस.आर. प्रोडक्सनले आयोजना गरेको सुपर डान्सर च्याम्पियनसिप २०७८ सम्पन्न भएको छ ।

च्याम्पियनसिपको अडिसन राउन्ड माघ १० गते मंगलबार सुरु भएको थियो भने प्रथम राउन्ड माघ २१ गते र दोस्रो राउन्ड फाल्गुन ११ गते बुधबार भएको हो।
बिज्ञापन



फाइनल राउन्ड फाल्गुन ११ गते बुधबार सम्पन्न भएको आयोजक संस्थाका अध्यक्ष सुजित रुचालले जानकारी दिए । उक्त कार्यक्रममा सहभागी हुन् २८ जना युवायुवतीहरूले फाराम भरेका थिए ।

विजेतालाई ३० हजार नगद प्रमाणपत्र ५ तोलाको चाँदीको ट्रफी दिएर सम्मान गरिएको थियो ।
त्यसै गरी प्रथम विजेता धिरज मण्डललाई २० हजार नगद, प्रमाणपत्र ३ तोला चाँदीको ट्रफी र दोस्रो विजेता हुने लाई १० हजार नगद, प्रमाणपत्र र २ तोलाको चाँदीको ट्रफी दिएर सम्मान गरिएको हो ।