

साना-साना बालबालिकाहरूको सोच्ने तरिका देखि लिएर बानी ब्यहोरा सम्म एक वयस्क भन्दा धेरै फरक हुन्छ। बालबालिकाहरू साना-साना कुरामा दुखी हुन्छन् भने साना-सानामा खुसी।




अहिले भारतका भारतका एक बालकले सामाजिक सञ्जालमा निकै र्चचा पाइरहेका छन् । उनको कामले धेरैलाई भावुक र चकित बनाएको छ । भारत मिजोरम राज्यका एक बालक चल्ला बोकेर अस्पताल पुगेको विषय सामाजिक सञ्जाल व्यापक भाइरल भइरहेको छ।

मिजोरम राज्यका एक बालकको साइकलले दुर्घटनाबस छिमेकीकाे कुखुराको एउटा चल्ला किच्यो । त्यसपछि जे भयो, त्यसले धेरै मानिसमा एकसाथ आश्चर्य, करुणा र मानवताको भाव पैदा गरायो ।
इन्डिया टाइम्स डटकमका अनुसार ती बालकले चलाएको साइकलले गल्तीबस छिमेकीको चल्ला किच्यो । त्यसपछि उनी आफूसँग भएको पैसा र चल्ला बोकेर तत्कालै नजिकैको अस्पतालमा पुगे ।
जब त्यो तस्बिर फेसबुकमा पोस्ट भयो लगत्तै हजारौले सेयर गरे, जसमा सयौ प्रतिक्रिया जनाइयो । याे समाचार तयार पारी सक्दासम्म उक्त तस्वीर ८२ हजार सेयर भएकाे छ । तस्बिर यतिखेर भारतका साथै धेरैतिर भाइरल बनेको छ ।