कञ्चनजङ्घा क्षेत्रमा घटे पर्यटक

ताप्लेजुङ । ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन घट्दै गएको छ। कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक विस्तारै बढ्दा कोभिडले असर गरेको थियो।

कोभिड–१९ महामारी सुरु भएपछि पछिल्लो दुई वर्ष कञ्चनजङ्घा क्षेत्र सुनसानजस्तै बनेको छ। यो समयमा थोरै पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका छन्। कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अनुसार महामारी सुरु भएको वर्ष अर्थात आर्थिक वर्ष २०७७र७८ मा ४३ जनाले सो क्षेत्रको भ्रमण गरेका छन्। चालु आर्थिक वर्ष २०७८र७९ को हालसम्ममा करिब डेढ सय पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका छन्।

बिज्ञापन

चालु आवको पहिलो सिजन ९मौसम० मा कूल १४१ पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका परिषद् कार्यालयले जनाएको छ । दुई वर्षसम्म सुनसानजस्तै बनेको कञ्चनजङ्घा क्षेत्र चालु आवमा महामारीको प्रभाव केही कम बनेपछि सीमित सङ्ख्यामा पर्यटकको आगमन भएको हो ।

यस वर्षको पहिलो पर्यटकीय मौसम असोज र कात्तिक महिनामा अमेरिका,फ्रान्स, ताइवान लगायतबाट पर्यटक भ्रमणमा आएका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासीतेन्जिङ शेर्पाले जानकारी दिए। चालु आवको पहिलो सिजनमा सेभेन समिट ट्रेक्स प्रालिमार्फत गएका ताइवानका एक नागरिकसहित पाँच आरोहीले कञ्चनजङ्घाको सफल आरोहण गरेका छन् ।

कञ्चनजङ्घा आरोहण गर्नेमा ताइवानका सेङ को अथ,नेपालीमा दोलखाका निमाग्याल्जेन शेर्पा, पासाङ्रिन्जे शेर्पा, सोलुखुम्बुका ग्लाल्जे शेर्पा र दाकिपा शेर्पा रहेका छन् । परिषद् कार्यालयका अनुसार कञ्चनजङ्घामा आउने बाह्य तथा आन्तरिक पर्यटकमध्ये केही हिमाल आरोहण गर्ने र कोही आधार शिविर भ्रमणको योजनामा आउछन् ।

कोरोना महामारी सुरु भएको अघिल्लो वर्षसम्म पछिल्लो दशकको अवधिमा पाँच हजार ४२७ पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयको तथ्याङ्क रहेको छ ।

तथ्याङ्कअनुसार उक्त अवधिभित्र सबैभन्दा बढी आर्थिक वर्ष २०७५र७६ मा ८०६ जना पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका छन् । हरेक वर्ष साढे पाँचसय, साढे छ सय र साढे सातसयसम्मको हाराहारीमा पर्यटक आउने गरेका थिए।

कोरोना महामारीको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेपछि पर्यटन विकासमा अवरोध पुग्नुका साथै यसबाट हुने आम्दानी गुमाउनुपरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बूले बताए । फेम्बूले महामारीको असर समाप्त भएमा कञ्चनजङ्घाको भ्रमण गर्ने पर्यटकको सङ्ख्या भने विगतभन्दा दोब्बर बढीले वृद्धि हुने बताए ।