कलाकार जयनन्द लामाकाे निधन

काठमाडाैं । वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ।

कलाकार लामाकाे आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो। उनी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ धार्पाका स्थायी बासिन्दा हुन् । 

बिज्ञापन

पाँच दशकअघि गायन यात्रा सरू गरेका लामा ख्यातिप्राप्त लोकगायक, सङ्कलनक, अभिनेता, निर्माता तथा निर्देशक हुन्।

उनले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गरेका थिए। पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए ।

लामाका​ कलकत्ते काइँयो, मुलाको चानालगायतका गीत नेपाली संगीत बजारमा चर्चित छन् ।