ह्याम्स अस्पतालद्वारा तीन महिने इमर्जेन्सी नर्सिङ तालिम सुरु

ह्याम्स अस्पतालले नेपालमै पहिलोपटक तीन महिने इमर्जेन्सी नर्सिङ तालिम सुरु गर्न लागेको छ।

उक्त तालिम चैत ६ गतेबाट तालिम सुरु हुने अस्पतालले जनाएको छ। तालिममा सहभागि हुन इच्छुक नर्सले यही फागुन २५ गतेभित्र फारम भरिसक्नुपर्नेछ।

बिज्ञापन

अस्पतालले ‘सोसाइटी अफ इमर्जेन्सी नर्सेस अफ नेपाल’ सँग सहकार्य गरेर ३० जना नर्सलाई पहिलो चरणमा तालिम दिनेछ।

इमर्जेन्सीमा आउन बिरामीले गुणस्तरीय सेवा पाउँन भन्ने उदेश्यले तालिमको आयोजना गरिएको अस्पतालकी नर्सिङ डाइरेक्टर वरुणा पौडेलले जानकारी दिइन्।