स्थानीय तहको निर्वाचनविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । स्थानीय तहको निर्वाचनकाे घाेषणाविरुद्व दर्ता भएको रिटमा आज मंगलबार सर्वाेच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ। सरकारले ३० वैशाखमा एकसाथ ७५३ वटै स्थानीय तहको चुनाव घाेषणा गरेपनि ०७४ मा दाेस्राे र तेस्राे चरणमा निर्वाचन भएका स्थानीय तहका जनप्रतिनिधिकाे कार्यकाल पाँच वर्ष नपुग्ने भन्दै रिट दायर भएकाे थियाे

महोत्तरीको भँगाहा नगरपालिका मेयर सञ्जीवकुमार साहले दायर गरेको रिटमा पहिलो पेसी आजलाई तोकिएको छ।सर्वोच्च अदालत प्रशासनले सुरुमा उनको रिट दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको थियो। पछि तर इजलासको आदेशबाट रिट दर्ता भएको हाे ।

बिज्ञापन

 ०७४ मा स्थानीय तहको निर्वाचन तीन चरणमा भएको थियो । तर, याे पटक ७५३ वटै स्थानीय तहकाे निर्वाचन एक पटक गर्न लागिएको हाे ।