
काठमाडौं : सुनको मूल्य बिहीबार प्रतितोलामा एक हजार रुपैयाँको दरले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलाको ९६ हजार १०० रुपैयाँ कायम भएको छ ।
बिज्ञापन



यसअघि बुधबार छापावाल सुन तोलाको ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी,बिहीबार तेजावी सुनको मूल्य तोलाको ९५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । बुधबार एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार २९५ रुपैयाँ निर्धारण भएको छ ।