संसदमा एमसीसी टेबुल हुनबाट अब कसैले रोक्दैन : पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संसदमा एमसीसी टेबुल हुने बताएका छन् ।

आज आदिकवि भानु साहित्य अध्ययन समितिको बैठकमा पौडेलले एमसीसी संसदमा टेबुल हुन अब कसैले नरोक्ने बताएका हुन् ।

बिज्ञापन

नेता पौडेलले सभामुख अग्निप्रसाद सापकोटाले समेत एमसीसी रोकेर नराख्ने दाबी गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरामाथिको अभियोग स्वभाविक भएको समेत बताएका छन् ।

जबरा माथि नेपाल बार एसोसियसन र न्यायाधीशहरूले नै प्रश्न उठाएको अवस्थामा सत्तारुढ गठबन्धनले महाभियोग प्रस्ताव दर्ता गराउनुलाई अस्वाभाविकरूपमा लिन नहुने उनको भनाइ थियो ।

साथै नेता पौडेलले संसद् पुनःस्थापनाको फैसला गर्ने चार न्यायाधीश माथि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महाभियोग प्रस्ताव ल्याएर त्यसलाई संसद् स्वीकार गर्न नहुने बताएका छन्