८ सयमा झर्‍यो कोरोना, सक्रिय संक्रमित पनि घट्दै

काठमाडौं — नेपालमा थप ८३६ जनामा कोरोना संक्रमण देखिएको छ ।

६ हजार ६५४ नमुना परीक्षण गर्दा थप ८३६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

पछिल्लो २४ घण्टामा १ हजार ८२६ संक्रमित निको हुँदा ४ जनाको मृत्यु भएको छ ।

हाल देशभर २६ हजार १०२ सक्रिय संक्रमित रहेका छन् ।

आज काठमाडौं जिल्लामा १६६ जनामा संक्रमण पुष्टि भएको छ ।