अझै निर्वाचन नगराउने षड्यन्त्र हुनसक्छ, हामी सजग बनौं : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैशाखमा निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन् ।

सातै प्रदेशमा आयोजित प्रशिक्षणको उद्घाटन गर्दै अध्यक्ष ओलीले आगामी बैशाख ३० गते तोकिएको निर्वाचन नगराउने अझै षड्यन्त्र हुनसक्ने बताएका छन् । साथै पार्टीका नेता कार्यकर्तालाई उसतर्फ सजग बन्न पनि आग्रह गरेका छन् ।

बिज्ञापन

अझै पनि सजगताका साथ निर्वाचन निश्चित रुपमा गराउने र तोकिएको अनुसार नै निर्वाचन गराउने विषयमा सजगताका साथ लाग्नु जरुरी रहेको उनको भनाइ छ । निर्वाचन तोकिएको समयमा स्वतन्त्र, धाँधलीरहित र निष्पक्ष गराउने विषयमा सजग हुनुपर्ने बताएका छन् ।

परमादेशवादीहरुका दुष्प्रयासहरू असफल पार्ने तर्फ केन्द्रित हुनुपर्ने ओलीको भनाइ छ ।

साथै आगामी निर्वाचनमा एमालेले बहुमतका साथ विजयी हासिल गर्ने दाबी पनि गरेका छन् । ओलीले आगामी  निर्वाचनमा मतपत्र च्यातेर वा जलाएर जित्ने सपना नदेख्न समेत चेतावनी दिएका छन् ।