
काठमाडौं । चुनावका लागि मात्रै ५० अर्ब रुपैयाँ बजेट माग रहेको छ । आर्थिक वर्ष २०७८÷७८को बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्री जनार्दन शर्माले चुनावका लागि मात्रै ५० अर्ब रूपैयाँ बजेट माग रहेको बताएका हुन् ।

बजेटमा चुनावका लागि १० अर्ब रूपैयाँ मात्रै छुट्याइएको भन्दै अरु बजेट कहाँबाट व्यवस्थापन गर्ने भनेर अध्ययन गरिरहेको बताएका छन् ।
बिज्ञापन



स्रोत व्यवस्थापनमा चुनौती रहेको उनको भनाई छ । सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको चुनाव घोषणा गरेको छ ।

यसका लागि निर्वाचन आयोगले मात्रै १२ अर्बभन्दा बढी खर्च हुने अनुमान गरेको छ । त्यसबाहेक सुरक्षा व्यवस्थापनमा ठूलो खर्च लाग्छ । खर्च कति हुन्छ भन्नेबारे सरकारले सुरक्षा निकायसँग छलफल गरिरहेको छ ।