बालविकास शिक्षिकाद्वारा गाउँपालिकामा तालाबन्दी

सिरहा – बालविकास शिक्षिकाहरूले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा तालाबन्दी गरेका छन्।

संघीय सरकार र स्थानीय सरकारसँग तोकिएबमोजिम तलबको माग गर्दै बालविकासका शिक्षिका र विद्यालय कर्मचारीहरू आन्दोलित भएका हुन्।

बिज्ञापन

उक्त गाउँपालिकाअन्तर्गत आधारभूत र मावि गरी जम्मा १७ वटा विद्यालय रहेका छन्।

उनीहरूले स्थानीय तहबाट ७ हजार र संघीय सरकारबाट ८ हजार गरी जम्मा १५ हजार पाउनु पर्ने भन्दै गाउँपालिकामा तलाबन्दी गरेका छन्।

स्थानीय सरकार र संघीय सरकारले तोकेबमोजिम तलब र सेवा सुविधा नपाए रसम्म आफू आन्दोलनमा रहने आन्दोलन समितिका अध्यक्ष रामकुमार यादवले बताए।

उनीहरूले संघीय सरकारले तोकेको रकम प्रति महिना ८ हजारको दरले पाउँदै आएका थिए। पछिल्लो समय आन्दोलन गर्दा गाउँपालिकाले प्रति व्यक्ती २५ सय रुपैयाँ थप गरिएको गाउँपालिका अध्यक्ष राम बल्लब साहले बताए ।