कमल थापाले गठन गर्ने दलको नाम ‘राष्ट्रिय एकता पार्टी’ रहने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका कमल थापाले नयाँ पार्टी गठन गर्ने तयारीलाई अन्तिम रुप दिएका छन् । उनले दल गठनका् तयारीलाई तीव्रता दिदै यसै साता दर्ता गर्ने योजना बनाएका छन् ।

थापाको पार्टीको नाम ‘राष्ट्रिय एकता पार्टी’ सम्भावना छ । पार्टी विभाजन गरेको सन्देश नजाओस् भनेर राप्रपा भन्दा पृथक नयाँ नाम राख्न थापाले चाहेका हुन ।
थापा पक्षधर नेता राजाराम श्रेष्ठले पार्टीको लगभग तय भएको बताए ।

बिज्ञापन

थापाले गठन गर्ने पार्टीको मुल नीति संवद्र्धधनवाद तथा मुख्य कार्यनीति ‘हिन्दू राष्ट्रको पुनःस्थापना’ रहने श्रेष्ठले बताए । सैद्धान्तिकरूपमा आफूलाई राजसंस्था पक्षधर नै बताए पनि राजतन्त्रको पुनःस्थापनाको एजेन्डालाई पार्टीले नबोक्ने जनाइएको छ ।

थापा राप्रपाका केही पुराना नेताहरूसँग सम्वादमा छन् । जसमध्ये पूर्वअध्यक्ष पशुपतिशम्शेर राणाले आफूलाई साथ दिने आशा उनको छ । नयाँ पार्टीको अध्यक्ष राणालाई नै बनाउन पनि उनी तत्पर छन् ।
राप्रपा महाधिवेशनमा पराजयपछि असन्तुष्ट बनेका थापाले निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई हराएको आरोप लगाउँदै आएका छन् । यस विषयमा छानबिन गर्न उनले पार्टीको नेतृत्वलाई दबाब दिएका थिए । तर, थापा पक्षकै नेताहरूले पनि उनको मागमा त्यति चासो दिएका थिएनन् ।