थप आठ हजार ७०४ जना कोरोना संक्रमणमुक्त, ११ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर आठ हजार ७०४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । १ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ भने थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएको थियो ।

बिज्ञापन

६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी एक हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ ।

हाल देशभर ४५ हजार २४८ संक्रिय संक्रमित छन् ।