
काठमाडौँ : सभामुख अग्नि प्रसाद सापकोटाले एमसीसीमा सर्वदलीय सहमती हुनुपर्ने आफ्नो अडानलाई कायमै राखेका छन् । सरकारले एमसीसीलाई पास गर्न कसरत गरेपछि थप दबाबमा परेका सभामुख सापकोटाले एमसीसीमा सर्वदलीय सहमती खोजेका हुन् ।

एमसीसी, संसदमा विचाराधीन विधेयक, जारी संसद्को अवरोध खुलाउने विषय र संसद्सँग जोडिएका विषयमा राजनीतिक दलका नेता, विशेषज्ञ लगायतसँग छलफल गरिरहेका सभामुख सापकोटाले यस्तो धारणा व्यक्त गर्ने गरेका छन् ।



होहल्लाका बीच बजेट पास गरे जसरी एमसीसी पास नहुने पनि सभामुख सापकोटाले बताएका छन् । सत्ताका लागि र निर्वाचनमा जानका लागि दलहरूको एकमत भएजसरी नै एमसीसीको बारेमा पनि एकमत हुँदा राम्रो हुने सापकोटाको भनाई छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा संसदबाट एमसीसी पास गराउन कसरतमा जुटेका छन् तर सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले भने संशोधनबिना एमसीसी पास गर्न नहुने पक्षमा छ ।
भने अर्का तर्फ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद् अवरोध गर्दै आइरहेके छ ।
एमसीसीका बारेमा बहसहरू भएपनि संसद्मा भने प्रवेश पाएको छैन । त्यसैले संसदको अवरोध खुलाउनुपर्नेमा सभामुखको जोड छ । साथै एमसीसीका विषयमा दलहरु तयार भए आफूबाट अवरोध नहुने सभामुखको भनाइ समेत छ