खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्धको रिटमा पेसी तोकियो

काठमाडौं : सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा बिहीबार (भोली) पेसी तोकिएको छ ।

संविधानप्रदत्त मौलिक हकमा गैरकानुनी आघात पुगेको र मानवअधिकार उल्लंघन भएको जिकिर गर्दै अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोख्रेलले सोमबार सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए।

बिज्ञापन

खोप कार्ड अनिवार्य गर्दा सर्वसाधारणको सार्वजनिक सेवामा पहुँच घटेको भन्दै दायर गरिएको रिटमा भोलीका लागि पेसी तोकिएको निवेदक सविन पोखरेलले बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न सरोकारवाला निकायलाई विपक्षी बनाएर रिट निवेदन दायर गरिएको छ ।

रिटमा सबै नागरिकमा खोपको पहुँच नपुगेको अवस्थामा खोपकार्ड अनिवार्य गर्दा खोप लगाउन नपाएका नागरिकको सार्वजनिक सेवामा पहुँच घटेको उल्लेख छ । ‘