सर्वोच्चमा फुलकोर्ट बैठक आज बस्दै

काठमाडौं : प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन्।

अदालतको सेवा संकुचनबारे छलफल गर्न प्रधानन्यायधीश जबराले आजका लागि फुलकोर्ट बोलाएका हुन्।

बिज्ञापन

कोरोना संक्रमण बढ्दै गएपछि सर्वोच्वले यसअघि आजसम्मका लागि बन्दीप्रत्यक्षीकरण र जरुरी निवेदनमात्र सुनुवाई गर्ने निर्णय गरेको थियो।

आजको बैठकमा कोरानाको घट्दो क्रम रहेकाले सेवा कटौती बढाउने वा नबढाउने विषयमा छलफल हुने जाइएको छ।

न्यायाधीशहरुको सुझाव अनुसार फुलकोर्टले निर्णय लिने छ।