एकैदिन पाँच लाखभन्दा बढी कोरोना सङ्क्रमित

फ्रान्समा पछिल्लो २४ घन्टामा ५ लाखभन्दा बढीमा सङ्क्रमण देखिएको बताइएको छ । फ्रान्समा पछिल्ला केही दिनयता युरोपका अन्य देशहरूमध्ये सबैभन्दा बढी सङ्क्रमित फेला परेका हुन् ।

फ्रान्सका सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा ५ लाख १ हजार ७७९ जनामा सङ्क्रमण देखिएको हो ।  उता गएको २४ घन्टामा मृत्यु भने ३६४ जना पुगेको पनि बताइएको छ ।

बिज्ञापन

फ्रान्समा अहिलेसम्म कोभिडबाट १ लाखभन्दा बढीको मृत्यु भएको बताइएको छ । फ्रान्सबाहेक अन्य युरोपेली मुलुकहरू बेलायत, इटाली, ग्रीस, पोर्चुगल लगायतमा पनि अहिलेसम्मकै उच्च संख्यामा सङ्क्रमित भेटिएका छन् ।

युरोपमा खासगरी क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसको जमघट बढेकाले कोरोना तीव्र रूपमा फैलिएको बताइएको छ ।