
बारा : बारामा रथ पल्टिदा दुई जनाको मृत्यु भएको छ । बेहुली लिन जाने क्रममा सोमबार साँझ रथ पल्टिदा अन्य १४ जना घाईते भएको प्रहीले जानकारी दिएको छ ।

पर्सा प्रहरी प्रवक्ता डीएसपी राजेश थापाका अनुसार मृत्यु हुनेमा आदर्श कोटवाल गाउँपालिका९३ की १६ वर्षीया निलमकुमारी राम र सिम्रौनगढ नगरपालिका९७ की २३ वर्षीया शैलकुमारी राम रहेका छन् ।
बिज्ञापन



आदर्श कोटवाल गाउँपालिका-३ बाट जन्ती बोकेर नजिकैको गाउँमा बेहुली लिन गएको रथ सोमवार साँझ साढे ७ बजेतिर अनियन्त्रित भई पल्टिएको उनले बताएका छन् । दुर्घटनामा घाईते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।
