
खेल सुरु भएको दोस्रो मिनेटमानै मुनियानले गोल गर्दै बिलबाओलाई अग्रता दिलाए। तर बार्सिलोनाले पहिलो हाफमानै बराबरी फर्काउने क्रममा २० औ मिनेटमा फेरन टोरेसले बराबरी गोल गरे। पहिलो हाफ १-१ गोलको बरबरी भएको खेलमा दोस्रो हाफको अन्तिम समय नाटकीय बन्यो।

मार्टिनेजले बिलबाओका लागि ८६ औ मनेटमा दोस्रो गोल गर्दा इन्जुरी समयको तेस्रो मिनेटमा गोन्जालेज लोपेजले बार्सिलानालई बराबरी गर्दै निर्धारित समय २-२ गोलको बराबरीमा ल्याएका थिए।



तर अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा पाएको पेनल्टीलाई मुनियानले गोल गर्दा बार्सिलोना स्तब्ध बन्न पुग्यो। त्यसपछि दुबै टीमबाट थप गोल हुन सकेन र एट्लेटिको बिलबाओले क्वाटरफाइनलमा स्थान बनायो।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]