
काठमाडाैँ : नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ ।

बिहीबारको तुलनामा आज सुनको मूल्य एक सयले बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघले शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।
बिज्ञापन



यसअघि बिहीबार छापावाल सुन तोलाको ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार ३०० सय रुपैयाँ निर्धारण भएको छ। चाँदीको भाउ प्रतितोला एक हजार ३२५ रुपैयाँ कायम भएको छ।