झापाको बिर्तामोडमा निर्माणाधिन एक होटलमा शव फेला

झापा  ।  झापाको बिर्तामोड-४ मा निर्माणाधिन एक होटलमा आज (मंगलबार) बिहान शव फेला परेको छ। शव बिर्तामोड-७ का ४७ वर्षीय शशि शिवाकोटीको द्वारिका होटलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

 

बिज्ञापन

प्रहरीका अनुसार शिवाकोटीको दाहिने गालाको भागमा चोट छ भने आँखामा रगतको टाटा बसेको छ। शरीरको विभिन्न भागमा निलडाम देखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

 

उनी २ दिनदेखि होटलमा गार्डको रुपमा काम गर्दै आएका थिए। मृतक शिवाकोटी कनकाई सेक्युरिटी सर्भिसबाट त्यहाँ काम गर्न गएका हुन्।