मानवीय सहायता सामग्रीसहित नेपाली टोली अफगानिस्तान प्रस्थान

मानवीय सहायता सामग्री बोकेर आइतबार विहान अफगानिस्तानको राजधानी काबुल प्रस्थान गरेको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेतृत्वको टोली हिमालय एयरलाइन्सको जहाज चढेर अफगानिस्तान प्रस्थान गरेको हो ।

बिज्ञापन

नेपाली टोलीसँग लत्ताकपडा, औषधि, भाँडाकुँडालगायतका करिब १४ टन बराबरको राहत सामग्री पठाइएको परराष्ट्रमन्त्री डा. नारायण खड्काले बताए ।