

घाइते हुनेहरुमा बन्दीपुर गाउँपालिका–६ धरमपानीकी २१ वर्षीया जमुना थापा, सोही वडाको हुस्लाङकोटकी ४८ वर्षीया ममकुली गुरुङ, २२ वर्षीया कुमारी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।



उनकाअनुसार बन्दीपुर–६ भाक्सेकी साते महिने बालिका विविसा थापा, १६ बर्षीया सनिसा थापा १८ बर्षीय कुमार थापा, २० वर्षीय दानबहादुर थापा र २१ वर्षीय विपिन थापा घाइते भएका छन् ।

घुमाउनेबाट धरमपानी आउँदै गरेको ग १ ज ६५५५ नम्बरको यात्रुवहा जिप सडकबाट अन्दाजी एक सय मिटर तल खस्दा दुर्घटना भएको हो । शुक्रबार राति साढे ८ बजे दुर्घटना भएको हो । दुर्घटनाको कारणबारे नखुलेको प्रहरीले जनाएको छ ।
चार जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको हो । सवारी चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ । सवारी धनी नै चालक रहेको बन्दीपुर–६ का वडाध्यक्ष सन्तबहादुर गुरुङले जानकारी दिए ।