
पोखरा । पोखराको न्युरोड स्थित नवदुर्गा फर्निचर उद्योगमा भीषण आगलागी नियन्त्रणमा आएको छ ।

मंगलबार दिउँसो साढे चार बजेको समयमा सुरु भएको आगलागीमा ३० वटा भन्दा बढी जलेको बताइएको छ । आगलागी डेढ घण्टापछि नियन्त्रणमा आएको जनाइएको छ ।
बिज्ञापन



आगो नियन्त्रणका लागि प्रहरी र सशस्त्र प्रहरी लागिपरेका थिए । प्रहरी र महानगरपालिकाको तीन वटा दमकलबाट आगो नियन्त्रण भएको जानकारी गराइएको छ ।
