यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ। आजदेखि तीन दिनसम्म देशका विभिन्न स्थानमा मेघ गर्जन र चट्याङसहितको वर्षा हुने भएको छ । साथै, आगामी तीन दिनसम्म देशका केही ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

बिज्ञापन

महाशाखाका अनुसार आज देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ भने पश्चिम पहाडी भूभाग तथा पूर्वका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

महाशाखाका मौसमविद् समीर श्रेष्ठले आज दिउँसो देशैभर आंशिकदेखि सामान्यसम्म बदली हुने र पश्चिम र मध्य क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको बताए ।

 

पर्सिदेखि भारी वर्षाको सम्भावना अझ बढ्ने मौसमविद् श्रेष्ठको अनुमान छ । उनका अनुसार दक्षिण भारतमा रहेको न्यून चापीय रेखा उत्तर नेपालतर्फ सरिरहेकाले पर्सि अर्थात् बुधबार सम्ममा त्यसको पश्चिमी टुप्पो नेपालको पश्चिमी क्षेत्रको माथि आइपुग्ने सम्भावना छ।

 

आगामी तीन दिनको मौसम पूर्वानुमान

श्रावण २७ गते सोमबार

दिउँसो : देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्यसम्म बदली रही पश्चिम तथा मध्यका केही स्थानमा र पूर्वका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशको पश्चिमी पहाडी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

 

राति : देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही पूर्व तथा मध्यका केही स्थानमा साथै पश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । देशको पूर्वी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

 

श्रावण २८ गते मंगलबार

दिउँसो : देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशको मध्य तथा पूर्वी पहाडी भूभागका एक वा दुई स्थानमा साथै पश्चिमी तराईको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति : देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही पूर्वका केही स्थानमा साथै मध्य तथा पश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । देशको पूर्वी तराई भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

 

श्रावण २९ गते बुधबार

दिउँसो : देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानहमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। देशको पहाडी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

 

राति : देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ । देशको पूर्वी तथा पश्चिमी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।