
मोरङको लेटाङमा गएराति एक वृद्धको हत्या भएको छ । खोटाङबाट पाहुना गएका ८१ वर्षीय सीताराम बुढाथोकीको हत्या भएको हो । बुढाथोकीको हत्या आरोपमा प्रहरीले डम्बर भुजेललाई पक्राउ गरेको छ ।

मोरङका एसपी जनार्दन जिसीका अनुसार लेटाङ नगरपालिका– २ फँडानीमा बुढाथोकीलाई भुजेलले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्।
बिज्ञापन



सोमबार बेलुका मृतक र हत्या आरोपी वृद्धसँगै मदिरा सेवन गरेका थिए । मदिरा सेवनपछिको विवादका कारण हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।
