आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

आज राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । उनको यही योगदानको कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकामा लोकतन्त्रको स्थापनापछि सरकारले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन छोडेपनि नागरिकस्तरमा भने यो दिवस मनाईने गरिएको थियो ।

पृथ्वीजयन्ती समारोह नागरिक समितिले यस वर्ष पनि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण सहित बिभिन्न कार्यक्रम गर्दैछ ।

बिज्ञापन

स–साना राज्य रजौटामा बाँडिएको बाईसे तथा चौबिसे राज्यहरुलाई एकत्रित गरी एउटै देशको सृजना गरेर एकिकरण गरेका हुन।पृथ्वीनारायण शाहले सानो सानो क्षेत्र जस्तै )भिरकोट, कास्की, लम्जुङ्ग गोरखा) राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गरिदिए र आधुनिक नेपालको जग बसालेका थिए। पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भएको हो ।