
महोत्तरीको एकडारा गाउँपालिका–२ बाट हराइरहेका ५४ वर्षीय विजयकुमार यादव मृतावस्थामा भेटिएका छन् ।

उनी गत आइतबारदेखि हराएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
बिज्ञापन



उनका अनुसार यादव आज डुबेका अवस्थामा भेटिएका हुन् ।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धानसमेत भइरहेको जनाएको छ ।