
दिल्ली । भारतमा एकसातामै कोरोनाभाइरस संक्रमण २०० प्रतिशतले वृद्धि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र त्यहाँ ३३ हजार ७५० कोरोना संक्रमित थपिएका छन् ।
बिज्ञापन



जसमध्ये १७५ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

सोही अवधीमा १२३ जनाको मृत्यु भएको छ । अहिलेसम्म ४ लाख ८१ हजार ८९३ मृतक संख्या पुगेको छ ।
भारतमा सक्रिय संक्रमित संख्या १ लाख ४५ हजार ५८२ पुगेको छ ।
केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार ओमिक्रोन भेरिएन्ट संक्रमण पुष्टि संख्या १७०० पुगेको छ ।
महाराष्ट्रमा ओमिक्रोन संक्रमित सख्ंया ५१०, दिल्लीमा ३५१, केरलामा १५६, गुजरातमा १३६ र तामिलनाडुमा १२१ पुगेको छ ।
यसैबीच भारतमा आजदेखि १५ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।