
काठमाडौं — भारतको राजस्थान हनुमानगढ जिल्लामा लगातार गधा चोरी भएपछि प्रहरी अन्य काम छोडेर गधा चोरलाई पक्राउ गर्न बाध्य भएका छन् ।

चोरहरुको खोजी गर्न प्रहरीको टोली गठन गरिएको छ भने गधा घरमै रख्न सर्वसाधारणलाई निर्देशन दिइएको छ ।
बिज्ञापन



हनुमानगढ जिल्लाको नोहर तहसीलको खुईयान थाना क्षेत्रका धेरै गाउँमा डिसेम्बर १० देखि लगातार गधा चोरीको उजुरी प्रहरी चौकीमा पुगेपछि प्रहरी गधा चोरलाई पक्राउ गर्न बाध्य भएका छन् ।

केही दिनसम्म सुनुवाइ हुन नसकेपछि गोठालाहरुले स्थानीय जनप्रतिनिधिसहित गधा खोजी गर्न माग गर्दै मङसिर २८ गते खुइयाँ प्रहरी चौकीमा धर्ना दिएका थिए ।
प्रहरीले १५ दिनभित्र गधा खोज्ने आश्वासन दिएपछि धर्ना कार्यक्रम स्थगित गरिएको थियो ।