
काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगमा सोमबार एक मात्र खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छैटौं चरणको अन्तिम खेलमा सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब आमनेसामने हुन लागेका हुन् ।

यो खेल दिउँसो १ बजे सुरु हुनेछ । ५ खेलमा ८ अंक जोडेर पाँचौं स्थानमा रहेको सातदोबाटो जावलाखेललाई हराएर चौथो स्थानमा उक्लने प्रयासमा हुनेछ ।
बिज्ञापन



५ खेलमा ४ अंक जोडेर १२ औं स्थानमा रहेको जावलाखेल पनि आज सातदोबाटोलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
