
काठमाडौँ : युएईमा जारी एसिसी यु-१९ एसिया कप अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपालले टेष्ट राष्ट्र श्रीलंकाको सामना गर्दैछ। नेपाल र श्रीलंका बीचको खेल नेपाली समयअनुसार आज बिहान सँवा ११ बजेबाट सुरु हुनेछ। सारजाह क्रिकेट मैदानमा नेपाल पहिलो जितको खोजिमा हुनेछ।

पहिलो खेलमा नेपाल बंगलादेशसँग १ सय ५४ रनको फराकिलो अन्तरले पराजित भएको थियो। तर टेष्ट राष्ट्र श्रीलंकासँग पनि जित निकाल्न नेपाललाई सहज भने छैन। श्रीलंका लगातार दोस्रो जितसहित सेमिफाइनल यात्रा बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रने छ। श्रीलंकाले पहिलो खेलमा कुवेतमाथि २७४ रनको सानदार जितसहित प्रयोगिता सुरूआत गरेको थियो।



नेपाल र श्रीलंकाले २००८ यता पाँचपटक एक अर्काविरूद्ध आमनेसमाने भएका छन्। जसमा श्रीलंकाले सबै खेलमा नेपाललाई हराएको थियो । प्रतियोगिता अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेल कुवेतविरुद्ध डिसेम्बर २८ मा खेल्नेछ ।
