हिन्दुत्व माथी मोदि र योगीको आक्रमक अभिव्यक्ति , काङ्ग्रेस आई बोल्न सकेन

 

एजेन्सी । योगी आदित्यनाथले हिन्दू आतंकवाद शब्दलाई लिएर कांग्रेस आईमाथि प्रहार गरेका छन् । उनले भने, ‘सन् २००७ को सम्झौता रेल विस्फोटपछि कांग्रेसले एउटा शब्द दिएको थियो–हिन्दू आतंकवाद । कांग्रेसले त्यस हिन्दू समाजलाई आतंकवादी ठान्यो, जो सहिष्णुताको कारण विश्वभरी परिचित छ ।’

बिज्ञापन

यसैगरी, प्रधानमन्त्री नरेन्द्र मोदीले पनि महाराष्ट्रामा आयोजित आमसभालाई सम्बोधन गर्दै भने, ‘भाइचाराको जीवन ज्यूने र सारा संसारलाई परिवार ठान्ने हिन्दू समाजलाई आतंकवादी भनिदिए । हिन्दूलाई आतंकवादसँग जोडिदिए ।’

लोकसभा चुनावको गर्मी बढेसँगै कांग्रेस आईका अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धी मन्दिर मन्दिर घुम्न थालेका छन् । यस विषयमाथि पनि योगी आदित्यनाथले कटाक्ष गरेका छन्, ‘जो आपूmलाई हिन्दू हुँ भन्दैन्थे, भाजपाकै कारण आज मन्दिर मन्दिर चहारिरहेका छन् ।’