
जनकपुरधाम : प्रदेश २ को प्रदेशसभा बैठक आज बस्ने भएको छ। आज दिउँसो १ बजे प्रदेशसभाको आठौं अधिवेशनको दोस्रो बैठक बोलाइएको हो। आज बस्ने प्रदेशसभाको बैठकमा प्रदेशको नामाकरणका सम्बन्धमा ६ वटा प्रस्ताव पेश हुने कार्यसूची रहेको छ।

त्यस्तै स्थायी राजधानी तोक्ने विषयमा छलफल हुने प्रदेशसभाका सचिव रञ्जित कुमार यादवले जानकारी दिए।
बिज्ञापन



त्यस्तै पछिल्लो बैठकमा पेश भएको अध्यादेशमाथि छलफलको कार्यसूची रहेको छ भने त्यसको विरुद्धमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ अस्विकार गर्ने प्रस्ताव पेश गर्नेछन्।

यता नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन अन्तर्गत आज मतदान भइरहेका कारण प्रदेशसभा बैठक प्रभावित हुने आकलन गरिएको छ।
