
काठमाडौं — काठमाडौंको एक गेष्ट हाउसमा एक जनाको शव फेला परेको छ ।

काठमाडौं महानगरपालिका–९ तिलगंगास्थित एक गेष्ट हाउसको खाली सटरभित्र एक पुरुषको शव फेला परेको हो ।
बिज्ञापन



पाँचथर घर भई तिलगंगा क्षेत्रमा ज्यालादारी काम गर्दै आएका २७ वर्षीय सन्देश राई मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।