
काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्र्तगत नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनमा सभापतिका उम्मेदवारहरु प्रकाशमान सिंह र विमलेन्द्र निधिले मतदान गरेका छन् ।

सोमबार राष्ट्रिय सभा गृहमा पुगेर उनीहरुले मतदान गरेका हुन् ।
यसैगरी उपसभापतिका उम्मेदवार सुजाता कोइराला, गृहमन्त्री बालकृष्ण खाँणले पनि मतदान गरेका छन् । उनीहरुले मतदान गर्न आधा घण्टा लागेको थियो । कोइरालाले सिंहको प्यानलबाट उम्मेदवारी दिएकी हुन् ।
बिज्ञापन



सभापति उम्मेदवार शेरबहादुर देउवाले पनि मतदान गरिसकेका छन् । यस्तै सभापतिका उम्मेदवार रहेको डा. शेखर कोइरालाले पनि मतदान गरेका छन् ।
सभापतिमा ५, दुई उपसभापतिका लागि ७, दुई महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाले उम्मेदवारी दिएका छन्। १३४ पदका लागि ४८७ उम्मेदवार प्रतिस्पर्धामा छन् ।


