रासायनिक मल खरिदका लागि थप साढे तेह्र अर्ब माग

काठमाडौँ, । रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अपुग साढे १३ अर्ब रुपियाँ अर्थ मन्त्रालयसँग माग गरेको छ ।

सरकारले आव २०७८÷७९ को बजेटमा नै रासायनिक मल खरिदका लागि १५ अर्ब रुपियाँको व्यवस्था गरेको छ ।

बिज्ञापन

त्यो रकमले चाहिनेजति मल खरिद गर्न नसकिने भएपछि कृषि मन्त्रालयले अर्थ मन्त्रालयसँग थप १३ अर्ब ४८ करोड रुपियाँ माग गरेको छ ।

कृषि मन्त्रालयका प्रवक्ता डा. कुमार सञ्जेलले अहिलेको अन्तर्राष्ट्रिय मूल्यअनुसार १५ अर्ब रुपियाँले दुई लाख ५० हजार मेट्रिक टन मात्र खरिद गर्ने सकिने भएकाले थप मल खरिदका लागि रकम माग गरेको बताए ।