![राष्ट्रिय महिला भलिबल टिमको घोषणा [नामसहित]](https://www.omkaartimes.com/wp-content/uploads/2021/12/Screenshot_20211212-0957452_nBW0kehNK5.png)
काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप खेल्न नेपाल भलिबल संघले राष्ट्रिय महिला टिमको घोषणा गरेको छ ।

बंगलादेशमा डिसेम्बर २१ बाट सुरु हुने प्रतियोगितामा भाग लिने १२ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो ।
बिज्ञापन



टिममा छनोट भएका खेलाडीमा कप्तान अरुणा शाही, पवित्रा माली, सरस्वती चौधरी, शान्ति थारू, उषा भण्डारी, सुनिता खड्का, मनिषा चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, शान्या पुन, कृपा अधिकारी र सलिना श्रेष्ठ रहेका छन् ।
