कलाकार शिवशंकर महाधिवेशन प्रतिनिधिमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सर्लाही क्षेत्र नम्बर ४ बाट कलाकार शिवशंकर रिजाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

नेपाल सांस्कृतिक संघका महामन्त्रीसमेत रहेका रिजाल क्षेत्रीय अधिवेशनमा ५१३ मत प्राप्त गरी विजयी भएका हुन्। मंगलबार सर्लाही ४ को गोडैता नगरपालिका–५ स्थित एक विद्यालयमा अधिवेशन सम्पन्न भएको थियो।

बिज्ञापन

उनी बरहथवा नगरपालिका–१५ निवासी हुन्। दोस्रोपटक सर्लाहीबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका रिजालले मतदाताप्रति आभार व्यक्त गरे। उनले आफूसँगै महाधिवेशनको प्रतिस्पर्धामा रहेकालाई यसलाई घरभित्रकै प्रतिस्पर्धाको रूपमा बुझ्न आग्रह गरे।

‘लोकतान्त्रिक पार्टी भएकै कारण हामी प्रतिस्पर्धा गर्छौं। तर, नतिजा आएपछिको हाम्रो लक्ष्य र उद्देश्य एक नै हुन्’, रिजालले भने। उनले १४ औं महाधिवेशनमा युवासँगै धेरै कलाकर्मी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको बताए। ‘