
महोत्तरीमा एक जनाको पुरुषको शव फेला परेका छ । महोत्तरीको एकडारा गाउँपालिका वडा नम्बर ५ स्थित गेना बथनाहामा रहेको पोखरी छेउमा अन्दाजी ४२ वर्षीय रामश्रृष्ठ यादवको शव फेला परेको हो ।

जलेश्वर नगरपालिका वडा नम्बर ७ अन्कार बस्ने रामश्रृष्ठ यादवको शव फेला परेको महोत्तरी प्रहरीले जनाएको छ ।
बिज्ञापन



शवलाई पोष्टमार्टमका लागि जलेश्वर अस्पतालमा राखिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

उनको मृत्युबारे अनुसन्धान भइरहेको र पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र केही भन्न सकिने आचार्यले बताए ।