इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

गएराति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले क्रिस्टल प्यालेसलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

बिज्ञापन

युनाइटेडका लागि खेलको ७७ औँ मिनेटमा फ्रेडले गोल गरेको गोल नै जितका लागि निर्णायक बन्यो । जितसँगै युनाइटेडले २४ अङ्क जोडेको छ ।

युनाइटेड छैटौँ स्थानमा उक्लिएको छ । १५ अङ्क जोडेको क्रिस्टल प्यालेस अङ्क तालिकाको १३ औँ स्थानमा  छ ।