काठमाडौंको एक कपडा पसलबाट श्रोत नखुलेको ६९ लाख सहित एकजना पक्राउ

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित बिइङ ह्युमनको कपडा पसलबाट स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दरबारमार्गस्थित बिइङ ह्युमनको कपडा पसलका म्यानेजर हिरोसी खनाल रहेका छन् । दरबारमार्ग क्षेत्रमा स्रोत नखुलेको रकम लुकाएर राखेको भन्ने सूचना प्रहरीले पाएको थियो। सो सूचनाको आधारमा प्रहरीको टोली गत शुक्रबार खटिएको थियो।

बिज्ञापन

टोली बिइङ ह्युमनको कपडा पसलमा पुगेर चेकजाँच गर्दा त्यहाँ ६९ लाख ५० हजार नगद फेला पारेको थियो। म्यानेजर खनालले स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

उनीमाथि थप अनुसन्धान तथा कारवाहीको लागी सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ।