सभामुख सापकोटा भन्छन् : संसद् र सर्वोच्च अदालतमा जारी विवाद समाधानमा लाग्छु

काठमाडौँ : सभामुख अग्निप्रसाद सापकोटाले संसदमा जारी गतिरोध र प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासम्बन्धी विवाद समाधानको उपाय खोजिने बताएका छन् । स्पेनबाट बिहीबार बिहान स्वदेश फर्किएका सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सो धारणा राखेका हुन् ।

स्पेनमा रहँदा पनि राष्ट्रिय राजनीतिको विषयमा सामान्य जानकारी राखेको बताउँदै उनले अब समस्या समाधानको उपाय खोज्ने बताए । ‘कसरी पहलकदमी लिने र धारणा कसरी बनाएर अगाडि जाने भन्ने कुरामा म यहाँ आइसकें, अब सोच्छु’, पत्रकारको जिज्ञासामा सभामुख सापकोटाले भने,  ‘सर्वदलीय बैठक, अरू बैठक गरेर म त्यसमै केन्द्रित भएर लाग्नेछु ।’

बिज्ञापन

अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३ औं सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा यही मंसिर ८ गते स्पेनको म्याड्रिड गएका थिए । सम्मेलनलाई सभामुख सापकोटाले १२ गते सम्बोधन गरेका थिए ।