करेन्ट लागेर गम्भीर घाइते भएका युवालाई सेनाको हेलिकप्टर मार्फत उद्वार

खाेटाङ । करेन्ट लागेर गम्भीर घाइते भएका केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका २४ वर्षीय धनकुमार तामाङ्को नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरिएको छ ।

 

बिज्ञापन

केपिलासगढी–५ सप्तेश्वरमा स्थानीयवासीको घरमा मिटरबक्स जडान गर्नेक्रममा तामाङलाई करेन्ट लागेको हो ।सांसद विशाल भट्टराई र प्रदेशसभा सदस्य राजन राईको पहलमा तामाङको उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले बताउनुभयो ।

 

तामाङको काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको उनीसँगै सहयोगीका रुपमा जानुभएका मिलन सुनुवारले जानकारी दिनुभयो ।