राज्यमन्त्री श्रेष्ठ बने काँग्रेस महाधिवेशन प्रतिनिधि

राज्यमन्त्री उमेश श्रेष्ठ नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । चितवन क्षेत्र नम्बर ३ बाट उनले ३ सय २० मत प्राप्त गरेर महाधिवेशन प्रतिनिधिमा आफूलाई सुरक्षित गरेका हुन् । ​खुलातर्फ १० जना महाधिवेशन प्रतिनिधि मध्ये श्रेष्ठ नवौं नम्बरमा विजयी भएका छन् ।

संघीय सांसद समेत रहेका श्रेष्ठ  १४ औं महाधिवेशनका लागि प्रतिनिधि भएका छन् ।

बिज्ञापन

चितवन क्षेत्र नम्बर ३ को खुलातर्फबाट डा. सूर्यकान्त घिमिरे , रामकृष्ण घिमिरे, विजय शर्मा भुसाल, भरत गुरुङ शंकरप्रसाद कंडेल, टेकप्रसाद गुरुङ  महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्  ।

यस्तै दिनेश कोइराला, कैलाश कोइराला र चन्द्रध्वज गुरुङ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।