रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ घाइते

काठमाडौं : रौतहटको चन्द्रपुर नगरपालिका–८, बैजनाथपुरमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुईजना घाइते छन् । दुर्घटनामा परि मृत्यु हुनेमा चन्द्रपुर–९ का २५ वर्षीय रामाशंकर साह रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी लिलाराज लामिछानेले जानकारी दिएका छन् ।

गौर–चपुर सडकखण्डमा ना५३प ६११२ नम्बर र ना४३प ६२४३ नम्बरका मोटरसाइकल गए राति करिब पौने १ बजे आपसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका ६११२ नम्बरको मोटरसाइकल चालक साहको उपचारका क्रममा चपुर अस्पतालमा मृत्यु भएको हो ।

बिज्ञापन

दुर्घटनामा गुजरा–९ का मनोज चौधरी र मोटरसाइकलको पछाडि बसिरहेकी बृन्दाबन–७ की कान्ती देवी चौधरी गम्भीर घाइते भएकी छिन् । घाइतेहरूलाई राति नै एम्बुलेन्सबाट उपचारको लागि बीरगंज पठाईएको प्रहरीले जनाएको छ ।