टी–२० विश्व कप एसिया छनोटमा नेपाली महिला टोलीले आज हङकङसँग खेल्दै

आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज हङकङसँग खेल्दै छ ।

खेल दुबईको आईसीसी क्रिकेट एकेडेमीमा बिहान सवा ११ बजे हुनेछ ।  नेपाल आज पहिलो खेलमा जित निकाल्दै सुखद सुरुआत गर्न चाहन्छ ।

बिज्ञापन

तर, हङकङसँग नेपाललाई जित निकाल्न सहज भने हुने छैन । तर, यसपालि विशेष तयारी गरेकाले जित आफ्नो पक्षमा पार्ने नेपालको तयारी छ ।

टी–२० विश्व कप एसिया छनोटमा नेपालले हङकङसहित आयोजक यूएई, भुटान, मलेसिया र कुवेतसँग खेल्ने छ ।

राउण्ड रोबिन प्रणालीमा हुने प्रतियोगिताको विजेताले विश्व कपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । नेपालले दोस्रो खेलमा भोलि भुटानसँग खेल्ने छ भने बिहीवार कुवेतसँग, शुक्रवार मलेसियासँग र आइतवार  यूएईसँग खेल्ने छ ।